मातृशिशु स्वास्थ्य सुरक्षाका लागि नयाँ परियोजना शुरु

1617
views

ईन्दिरा तिवारी ‘ईन्दु’
पर्वत, ७, बैशाख । पर्वतमा मातृशिशु सुरक्षाका लागि नयाँ परियोजना शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतको मातहतमा जिल्लाभरी सञ्चालन हुने गरी वानहर्ट वल्र्ड वाइड नाम संस्थाले नयाँ कार्यक्रम शुभारम्भ गरेको हो ।

पर्वतमा करिव ६ बर्षसम्म सञ्चालन हुने गरी मातृशिशु स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन हुने भएको हो । पहिलो बर्षका लागि परियोजनाले १ करोड दशलाख बजेट विनियोजन गरेको परियोजनाका जिल्ला संयोजक सुदिश अधिकारीले जानकारी दिए ।

पर्वतका सातै स्थानीय तहमा मातृ तथा नवजात शिशु स्वास्थ्यको जोखिम कम गर्ने र मातृ तथा नवजात शिशुको मृत्युदर घटाउने उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन गरिएको हो ।

गण्डकी प्रदेशको म्याग्दी र पर्वत जिल्लामा यो कार्यक्रम सञ्चालन हुने भएको छ । परियोजनाले जिल्लाका सवै सरोकारवाला निकायसँगको समन्वयमा लक्ष्य अनुसार कार्यक्रम सञ्चालन गर्ने परियोजना निर्देशक गिता शर्माले दिईन् ।

बताउनुभयो । सोही कार्यक्रमका अवसरमा समग्र प्रदेशको स्वास्थ्य अवस्था बारे जानकारी गराउनुभएको थियो । उहाँले

मातृशिशु मृत्युदर सँगै पछिल्लो समय प्रदेश भित्र देखिएको स्वास्थ्य जोखिमको अवस्थाबारे जानकारी दिदैं यस कार्यक्रमले मातृशिशु मृत्युदर कम गराउने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवालीले जानकारी दिए ।