माधव नेपालसहितका २७ सांसदसँग स्पष्टीकरण

659
views

काठमाडौँ, ७, बैशाख । नेकपा एमालेले माधवकुमार नेपाल सहतिका २७ जना सांसदलाई स्पष्टिकरण सोधेको छ । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने छन् ।

संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार स्पष्टीकरण पत्र पठाइसकिएका उनीहरु संघीय सांसद हुन् । उनीहरुलाई दुई दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।