बजेट भाषण: वृद्ध भत्ता मासिक चार हजार

1250
views

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८ ७९ को बजेटमा वृद्धभत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले वृद्धाभत्ता चार हजार पुर्याएको घोषणा गरेका हुन् ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्ता २५ प्रतिशत वृद्धि गरेको छ ।

अब ७० वर्ष पुगेका वृद्धवृद्धाको वृद्धभत्ता यसअघि तीन हजार थियो अब मासिक रुपमा चार हजार रुपैयाँ वृद्धभत्ता पाउनेछन् ।