२४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोना पुष्टि

592
views

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार नौ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकाका चार सय २४ जना रहेका छन् ।

२४ घण्टामा काठमाण्डौमा दुई सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४० हजार तीन सय ३६ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार यो अवधिमा तीन हजार सात जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

यस्तै गएको २४ घण्टामा थप ३४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ पुगेको छ ।