विनु माध्यमिक विद्यालयका प्रधानध्यापक सुवेदीको निधन

597
views

पर्वत, २०, असार । पर्वतको पैंयु गाउँपालिका साविक सरौंखोला–६ स्थित श्री बिनु माध्यमिक विद्यालयका प्रधानाध्यापकको निधन भएको छ । पैंयू गाउँपालिका–३ साविक बेउलिबास उपल्लो गोहपुक घर भएका प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदीको शुक्रवार विहान निधन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोकप्रसाद अधिकारी (सागर) जानकारी दिए ।

झण्डै २० बर्ष शिक्षण सेवामा विताएका सुवेदी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागरप्रसाद अधिकारी जिल्ला मालपोत कार्यालयमा आई विहिवार नै सरौंखोला–६ का जग्गादाता प्रेम बहादुर थापाले दान गरेको जग्गा विद्यालयका नाउँमा बनाएर घर गएका थिए । सुवेदीको भोलिपल्ट शुक्रवार विहान कुलोमा डुबेर निधन भएको खबरले आँफु स्तब्ध भएको वि.व्य.स. अध्यक्ष अधिकारीले जानकारी दिए ।

हेड सरको रुपमा परिचित सुवेदी पेशाले शिक्षक मात्र नभई समाजसेवामा समर्पित थिए । विद्यालयको भौतिक संरचना निर्माण र विद्यार्थीको पढाईलाई प्राथमिकता दिदैं उच्च योगदान पुर्याएका थिए ।