थप १६ सय ३ जनामा संक्रमण, २७ को मृत्यु

402
views

काठमाडौं, २०, असार । पछिल्लो २४ घन्टामा १६ सय ३ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिुएको ८ हजार १३२ नमूनामा १६ सय ३ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा २५ सय ५२ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार आइतबार कोरोनाबाट २७ जनाको मृत्यु भएको छ । यो सहित मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ ।

काठमाडौं उपत्यकामा भने ४६१ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले स्वास्थ्य मापदण्डका उपायाहरु अपनाउन मन्त्रालयले आग्रह समेत गरेको छ ।