स्वास्थ्य, सुरक्षा र सफाईकर्मीलाई एक करोड

569
views

पोखरा ९, साउन । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले कोभिड १९ (कोरोना भाइरस) सँग सामाना गर्न अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप एक करोड बजेट विनियोजन गरेका छन् ।

शुक्रबार अर्थ मन्त्रालयको कार्यभार सम्हालेका बरालले गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धि गर्न संघको बजेटले मात्र प्रयाप्त नहुने आत्मनिर्भरका श्रोतहरुको पहिचान गर्नुपर्ने बताए ।

अर्थका श्रोतहरु ध्यान केन्द्रित गर्ने गरी पुंजिगत खर्चलाई अधिकतम ढंगले परिचालन गर्ने आफ्नो योजना रहेको मन्त्री बरालले बताए ।

पुंजिगत खर्च गर्न नसकेको अबस्थामा आवश्यकताको आधारमा रकमान्तर गरेर भए पनि बजेट खर्च गर्ने उनको भनाई छ ।

अर्थ मन्त्रालयका सचिव रमेश केसीले आफ्नो मन्त्रालयमा ४७ जनाको कर्मचारी दरवन्दी भए पनि हाल २८ जना मात्र भएको बताए । अहिलेको अबस्थामा ३६ जना कर्मचारी भए पनि हुने गरी कर्मचारी व्याबस्थापनको लागि मुख्यमन्त्री कार्यालयसम्म माग गरिएको जानकारी गराएका थिए ।