माधव नेपाल र महन्थको दल दर्ता आज

319
views

काठमाडौं, ९, भदौ । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका माधव नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र महन्थ ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’ आज दर्ता गर्ने तयारी गरेको छ । आयोगले आवश्यक प्रक्रिया पु¥याएर बुधबार नै दल दर्ता गर्ने तयारी गरेको निर्वाचन आयोग उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने भएको छ । आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको जनाएको छ ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको हो ।