श्रीकृष्ण जन्माष्टमी पर्वमा राष्ट्रपतिद्वारा शुभकामना

423
views

काठमाडौं, १४, भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेकी छिन् । राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।

राष्ट्रपतिद्वारा जारी सन्देशमा पर्वले सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा लिएको छु ।’

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।