चितवन, ९, मंसिर । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन केन्द्रित हुन थालेका छन् ।
महधिवेशनका लागि भन्दै पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल चितवन पुगेका छन् ।
महाधिवेशनका लागि चितवन पुगेका भट्टराईले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले सचिवमा नै दोहो¥याउने बताएका छन् ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुँदैछ ।