च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीसँग पीएसजी पराजित

402
views

काठमाण्डौ । यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराएको छ । पीएसजीले समूह ‘ए’ को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ । सिटीले घरेलु मैदानमा पीएसजीलाई २–१ गोलले हराएको हो ।

पीएसजीले खेलको ५० औं मिनेटमा किलियन एम्बाप्पेको गोलमा अग्रता लिएको थियो । तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा गोल गरी बराबरी गरे ।

सिटीका वैकल्पिक खेलाडी ग्याब्रिएल जेससले खेलको ७६ औँ मिनेटमा गोल गरे । समूहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५–० गोलले हराएको छ । सिटी ५ खेलमा १२ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा छ ।

पीएसजी समान खेलमा ८ अङ्कसहित दोस्रोमा छ । त्यस्तै लाइप्जिग र ब्रुगको समान ४÷४ अङ्क रहेको छ ।