प्रतिनिधिसभा बैठक : चारवटा अध्यादेश अघि बढाउने कार्यसूची

484
views

काठमाडौं, ७, पुस । प्रतिनिधिसभाको बैठक आजपनि दिउँसो १ बजे बस्दै बस्दैछ । आजको एमालेको विरोधका बीच बस्न लागेको प्रतिनीधि सभा बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकबाट दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गर्नु भएको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो ।