एमसीसी विरुद्ध सुर्खेत र उदयपुरमा बिरोध

1319
views

सुर्खेत, ७, मंसिर । राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, रास्ट्रिय स्वाधीनताको रक्षा गरौं” भन्ने मुल नाराका साथ सर्खेत र उदयपुरमा विारेध जनाइएको छ ।

उदयपुर र सुर्खेतका ६ कम्युनिस्ट घटकहरुले सदरमुकाम गाइघाटमा संयुक्त बिरोध सभा गरेका छन् । विरोध सभामा अमेरिकाले एमसीसी नामको परियोजना मार्फत सहयोगको नाममा नेपालको जलविद्युत उर्जा, खनिज लगायत अन्य प्रकृति सम्पदालाई कब्जा गर्ने उद्देश्यले ल्याइएको परियोजना हो भन्दै नेपालको संविधानलाई पुर्णरुपले अमेरिकाले नियन्त्रणमा लिई कुरुक्षेत्र बनाउन खोजिएकोले यो परियोजना खारेज हुनुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।

उदयपुरमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मोहन सिंह तामाङ, विप्लव नेतृत्वको (नेकपा) का इन्चार्ज लक्ष्मण पौडेल, वैज्ञानिक समाजवादी पार्टीका केन्द्रिय सदस्य गोकुल राई र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक लिल वहादुर विक ले संबोधन गरेका थिए ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता श्याम कार्की, नेकपा एटम वि.सी. जनमोर्चाका जनकराज शर्मा, देजमो नेपालका कर्ण वि.सी. वैज्ञानिक समाजवादी स्यमी कुवरले वालेका थिए ।