‘ए’ डिभिजन लिग : सङ्कटा र ब्रिगेड ब्वाइज तथा थ्री स्टार र आर्मी खेल्दै

915
views

काठमाण्डौ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्नेछन् ।

खेल दिउँसो एक बजे सुरु हुनेछ । सङ्कटा ५ खेलमा ९ अङ्क जोडेर चौथो स्थानमा छ । ब्रिगेड ५ खेलमा ५ अङ्क जोडेर १० औँ स्थानमा छ । त्यस्तै दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । आर्मी ५ खेलमा ९ अङ्क जोडेर तेस्रो स्थानमा छ ।

थ्री स्टार ५ खेलमा ६ अङ्क जोडेर आठौँ स्थानमा छ । लिगमा १४ टोली सहभागी छन् । उज्यालो अनलाइनबाट