प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

491
views

काठमाडौं, १५, फागुन । प्रतिनीधि सभाको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने उल्लेख छ । उक्त प्रस्ताव अघि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने पनि कार्यसूचिमा उल्लेख छ ।

यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो भने शुक्रबार पनि बैठक आजका लागि सार्दै सूचना टाँसिएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । परामर्श समितिको बैठक बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ ।