एमसीसी समर्थन गर्नेहरु राष्ट्रिय गद्दार हुन् : भीम रावल

465
views

काठमाडौं, १५, फागुन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले एमसीसी सर्मथन गर्नेहरु राष्ट्रिय गद्दार भएको बताएका छन् ।

आइतबार संसद् बैठकमा बोल्दै उनले एमसीसी राष्ट्रघाती भएको बुँदा सुनाउँदै संसद्बाट पास गर्न नहुने भन्दै आपत्ति जनाएका छन् । एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने उनको जिकिर छ ।

राष्ट्रिय स्वाधिनताका गम्भीर विषयलाई संसद्मा चलेको होहल्लाका बीच छलफलमा लैजान पनि नहुने उनले बताए ।

’एमसीसीलाई संसद्मा पेस गर्नु नै देशको अपमान हो । देश र जनताप्रति धोका हो । यसमा जजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन्’ नेता रावलले भने ।

एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौतालाई संसद्बाट अस्वीकार गरियोस् भनी उनले सबै समक्ष आह्वान समेत गरेका थिए ।