व्याख्यात्मक टिप्पणी एमसीसी कम्पनीलाई स्वीकार्य हुन्छ कि हुँदैन : देव गुरुङ्ग

460
views

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौतामाथिको व्याख्यात्मक घोषणा एकतर्फी हो कि अमेरिकालाई पनि मान्य हुन्छ भनि प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै गुरुङले प्रश्न गरे, ‘हामीले घोषणा गरेको व्याख्यात्मक टिप्पणी एमसीसी कम्पनीलाई स्वीकार्य हुन्छ कि हुँदैन ?’

अमेरिकी मिलेनियम च्यालेञ्ज नियोगले स्वीकार नगरेमा स्वाधिनतामाथि नै प्रश्न उठ्ने भन्दै उनले सरकारका मन्त्रीसँग जवाफ मागे ।

एमसीसी सम्झौता राष्ट्रियसँग जोडिएको मुद्दा भएकाले गम्भीर छलफल गरेर आसपसी सहमतिबाट अघि बढ्न उनले अनुरोध गरे ।