स्थानीय तह निर्वाचन : कार्यक्षेत्रमा खटिए निर्वाचन अधिकृतहरु

581
views

काठमाडौ, ४, वैशाख । स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगबाट तालिम लिएका देशभरका मुख्य निर्वाचन अधिकृतह र निर्वाचन अधिकृतहरु श्निवारदेखि कार्यक्षेत्रमा खटिएका छन् ।

‘बैशाख ८ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुलिसक्छ,’ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य अर्यालका अनुसार कार्यक्षेत्रमा जान र तयारी गर्न अबको केही दिन छुट्याइएको छ ।’ उनका अनुसार, जिल्ला निर्वाचन कार्यालयको सहजीकरणमा उनीहरुले स्थानीय तहमा कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन लगायतको काम गर्नेछन् ।

निर्वाचन आयोगका प्रतिनिधिका रुपमा रहने उनीहरुले निर्वाचनको तयारीदेखि मतदान र मतगणना गरी निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् । निर्वाचन आयोगले तयार पारेको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको काम कर्तव्य र अधिकार तोकिएको छ ।

निर्वाचन आयोगले ७७ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । सम्बन्धित जिल्लाका एक नम्बर (बरियतक्रममा सबैभन्दा माथि रहेका) न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने न्याय सेवा र प्रशासन सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृत तोकेर कार्यक्षेत्रमा पठाइएको छ ।