लुक्लामा डेढ सय पर्यटक अलपत्र

347
views

३० जेष्ठ ,सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् ।मौसममा आएको खरावीका कारण नौ दिनदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसकेको हो ।

जहाजले उडान भर्न नसकेपछी काठमाण्डौ फर्किने झण्डै १ सय ५० जना पर्यटक अलपत्र परेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार निरन्तर मौसम प्रतिकूल हुँदा गएको आइतवारदेखि जहाजले उडान भर्न सकेको छैन ।

निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द भइरहेका प्राधिकरणले जनाएको छ ।यस्तै, मौसम प्रतिकूलताका कारण लुक्लामा जहाजले उडान भर्न नसकेपछि विदेशी पर्यटकहरु सदरमुकाम सल्लेरीमा देखिन थालेका छन् ।

तेन्जिङ हिलारी विमानस्थलको सबै उडानहरु रद्द हुन थालेपछि केही पर्यटकहरु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डौ जान थालेका हुन् । केहीदिनयता सल्लेरीबाट गाडी मार्फत काठमाण्डौ जाने विदेशी यात्रुहरु बढेको यातयात व्यवसायीहरुले भनाई रहेको छ ।