जेठ ३०,काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाल कमयुनिष्ट पार्टीि एमालेले संसदमा बजेटमाथिको छलफल स्थगनको प्रस्ताव दर्ता गराएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराई सहितका १५ सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर कृषि मलको बारेमा छलफल गर्नुपर्यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ ।यो प्रस्तावमाथि संसदमा छलफल हुँदैछ। नेपाल कृषिप्रधान देश भएको हुँदा धानबालीलगायतका बालीहरुका लागि रासायनिक मल अत्यावश्यक भएको प्रस्तावमा उल्लेख छ । धान खेती सुरु हुने समय सुरु हुँदा पनि मलको लागि कृषकहरु भौतारिँदै हिँडेको सांसदहरुले बताएका छन् ।
एमाले सांसदहरुले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्त्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गर्नुपर्ने मागसहित संसद् सचिवालयमा स्थगन प्रस्तावको सूचना दर्ता गराएका हुन् ।