आजदेखि मतदाता नामावली संकलन सुरु

351
views

१ असार ,काठमाडौं । निर्वाचन आयोगले आज देखि मतदाता नामावली संकलन कार्य पुनः सुरु गर्ने भएको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली अद्यावधिक गर्न तथा नयाँ मतदाताको रुपमा नाम दर्ता गर्न सकिने वताएको छ ।

जन्म ठाउँ जहाँ भएपनि आँफु रहेको र वसोवास गरेको जिल्लाको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम लेखाउन वा अद्यावधिक गर्न सकिनेआयोगले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा बस्दै आएका अन्य जिल्लाका मतदाताले समेत काठमाडौं जिल्ला निर्वाचन कार्यालय बिजुली बजारबाट मतदाता नामावलीमा नाम लेखाउन सक्ने जनाएको छ ।


निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रदेश र संघको निर्वाचन मंसिर महिनाको पहिलो सातासम्म गर्ने गरी आयोगले तयारी थालेको वताए । एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी थालेको आयोगले जनाएको छ ।