तेस्रो टी–२० मा भारत संग दक्षिण अफ्रिका ४८ रनले पराजित

579
views

असार १, काठमाण्डौ। तेस्रो टी–२० मा भारत संग दक्षिण अफ्रिका ४८ रनले पराजित भएको छ। जितसँगै पाँच खेलको श्रृङ्खलामा भारत २–१ ले पछि रहेको छ । जितको लागि १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९ ओभर १ बलमा १ सय ३१ रनमा अल आउट भयो ।दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले सर्वाधिक २९ रन बनाए । भारतका हर्षल पटेलले ४ विकेट लिए ।

त्यस्तै युजभेन्द्र चहलले ३ तथा भुवनेश्वर कुमार र अक्षर पटेलले एकरएक विकेट लिए । त्यसअघि विशख्खापट्टममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

भारतका ओपनर ऋतुराज गाकवाडले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले । अर्का ओपनर ईशान किशनले पनि ५४ रनको अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिका ड्वेन प्रिटोरियसले २ विकेट लिए । केशव महाराज, कागिसो रबाडा र तबरेज शाम्सीले एकरएक विकेट लिए । दक्षिण अफ्रिका पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । चौथो टी–२० शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।