नारी स्रष्टा रोमा लम्सालको गजल

767
views

गजल
भो नफुल ए१जीवन हाम्रो भेट हुन्न
एउटै हुन कफन हाम्रो भेट हुन्न

के गरुँ मन जतन हाम्रो भेट हुन्न
चाहना बढ्छ झन् हाम्रो भेट हुन्न

छन् सुनाउँन बाँकी क्यै सुन्न बाँकी
जिन्दगीको कथन हाम्रो भेट हुन्न

चाह थ्यो जिन्दगी बन्ने जिन्दगीको
सम्झना होस् रिवन हाम्रो भेट हुन्न

भो नदेऊ शहर यो उपहार सिङ्गै
फर्किँदैनन् मदन हाम्रो भेट हुन्न

रोमा लम्साल नुरा, झाँपा हाल
 काठमाडौ