गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

152
views

नवदृष्टि संवाददाता २१, चैत्र

पर्वत गण्डकी प्रदेशका मुख्य मन्त्रिले राजिनामा दिएपछि गण्डकीप्रेदशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजिनामा दिएका थिए ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बुधवार एक विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको जनाएका छन् ।\
विज्ञप्तीमा चैत्र २७ गते मंगलबार दिउँसो ३ बजेभित्र बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ । विहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको धारा १६९ को उपधारा ९१० को खण्ड ९क० बमोजिम प्रदेश प्रमुख भट्टसमक्ष लिखित राजीनामा बुझाएका थिए । अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा ९३० बमोजिम यही प्रदेश मन्त्रिपरिषद्लाई कार्य सञ्चालन गर्ने जनाईएको छ ।