शालग्राम शिलामा नाम लेखनार्थ स्नानमेला भव्यरुपमा गरिने

372
views

नवदृष्टि संवाददाता
पर्वत, ३, जेष्ठ

,जेष्ठ ६ गते श्रीकृष्ण मोहनी एकादशीमा गलेश्वर देखि मोदीवेनी दिव्य धाम सम्म कालिगण्डकी किनारमा रहेका शालग्राम शिलाहरु नाम लेखनार्थ स्नान मेला भव्यरुपमा गरिने आयोजकले जनाएको छ ।
प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समितिको जलजला गाउपालिकाको आयोजनामा उक्त स्नान मेला आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानाकारी दिईएको छ ।
भक्तजनहरुले भजनकृतन सहित १०८ शिला भगवत् नमोत्चारण लेख शिलाकिंत गर्नेगरि मेला आयोजना गरिएको जलजला का संयोजक तारा रेग्मीले बताए । कालिगण्डकीको स्वच्छता र पवित्रता कायमगरि प्रकृति र पर्यावरण जर्गेनागर्नको लागि मेला आयोजना गरिएको संयोजक तारा रेग्मीले बताए । उक्त मेलामा हजारौको जनसहभागिता जुटाउने आयोजकको भनाई रहेको छ ।
जीवित चक्राकित निष्चक्राकित सबैदिव्य शिलाहरुको संरक्षणका लागि कालिगण्डकी नदी शालग्राम शिलालाई विश्व सम्पदा सुचिमा समावेश गर्न उक्त अभियान चालिएको जिल्ला संयोजक यज्ञबहादुर थापाले बताए ।
धार्मिक तथा सांस्कृतिक महत्वको कालिगण्डकी जोगाउन र विश्वसम्पदा सुचिमा राख्न पहलगर्नका लागि आ आफ्ना पायकपर्ने ठाउहरुमा भजनकृतन सहित आई कालिगण्डकी किनारमा रहेका शालग्राम शिलाहरुमा नाम भगवनाका अनेकौ नाम लेख्न आग्रह आयोजकले गरेको छ ।