चिप्सखाने प्रतियोगितामा एक किशोरको मृत्यु

161
views

एजेन्सी । अमेरिकामा पिरो चिप खाने प्रतियोगितामा एक १४ वर्षिय किशोरको मृत्यु भएको छ । किशोरले खाएको चिप्समा मसला निकै धेरैे खुर्सानी धेरै रहेको बताईएको छ । अमेरिकाको म्यासाचुसेट्सका किशोरको मृत्यु सन् २०२३ को सेप्टेम्बरमा भएको हो ।
किशोरको पोष्टमर्टम रिपोर्टका अनुसार चिप्समा उच्च मात्रामा खुर्सानी थियो । किशोर जन्मजात नै मुटुसम्बन्धी रोगले पीडित रहेको र किशोर ह्यारिस वोलोभा भएको बताइएको छ । चिप्स निर्माता कम्पनीले वन चिप च्यालेन्ज सुरु गरेको थियो । उनले पाकुई चिप्स खाएका थिए ।
पोष्टमर्टमका अनुसार ह्यारिसको मृत्यु क्याप्साइसिन कन्सन्ट्रेशन धेरै भएको खानेकुरा खाएपछि कार्डियोपल्मनरी अरेष्टका कारण भएको बताईएको छ ।
क्याप्साइसिनले खुर्सानीको पिरोपन झनै बढाइदिन्छ भने शरीरमा रगतको बहावलाई प्रभावित बनाउने गर्दछ । मुटुको धड्कन तीव्र हुन्छ । धेरै मात्रामा क्याप्साइसिन खाँदा मुटुमा दबाब बढ्छ, जसका कारण धमनीमा अतिरिक्त दबाब पर्ने बताईन्छ ।