नवदृष्टि संवाददाता
पर्वत, १०, जेष्ठ
बैसाख शुक्ल पूर्णिमा २५६८ औ बुद्ध जयन्ती अवसरमा लुम्बिनी लगायतका बौद्ध गुम्बाहरुमा बिहीबार विभिन्न कार्यक्रमगरी बुद्ध जयन्ती मनाइदै छ । बौद्ध धर्मावलम्बीहरू मायादेवीको दर्शन र ध्यान गर्न लुम्बिनी आएका छन् भने, देशभर रहेका बौद्ध गुम्बाहरुमा स्तुती पाठ गर्दै मनाईरहेका छन् ।
बुद्ध जयन्तीका दिन लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लागेको जनाएको छ । देशभर शुभकामना लिनेदिने कार्यहरु भईरहेका छन् ।
विगतका वर्षभन्दा यो वर्ष बढी पर्यटक लुम्बिनी आएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा स्वदेशि तथा विदेशी पर्यटकहरु आएको लम्बिनी विकास कोषले जनाएको छ । कोषले ३ दिनसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने बताईएको छ ।