नीति तथा कार्यक्रममाथि जेठ ११ गतेदेखि छलफल हुने

103
views

नवदृष्टि संवाददाता
८, जेष्ठ

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि आगामी जेठ ११ गतेदेखि दफावार छलफल हुने भएको छ ।
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षीको विरोधकाबिच सोमबार सरकारले राष्ट्रपतिले गत जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा पेश भएको नीति तथा कार्यक्रमको सम्बोधन पारित गरेको थियो ।
राष्ट्रपति पौडेलद्वारा पेश भएको उक्त नीति तथा कार्यक्रम जेठ ११ गतेदेखि दफावार छलफलका लागि कार्यसूचीमा राखिएको सभामुख देवराज घिमिरेले सभालाई जानकारी दिएका छन् ।