नवदृष्टि संवाददाता
पर्वत, १३ जेष्ठ
पर्वतमा १३ जेष्ठ देखि ५ वर्षदेखि ८ वर्षसम्मका ५ हजार ७ सय बालबालिकालाई पोलियो विरुद्धको आईपिभि खोप अभियान सुरु गरिने भएको छ । २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूले यो खोप नपाएकाले लगाइन लागेको हो ।
जिल्लाको फलेवास नगरपालिका, महाशिला, विहादी र पैयु गाउ“पालिकामा जेठ १३ गतेदेखि १७ गतेसम्म र कुश्मा नगरपालिका, मोदी र जलजला गाउ“पालिकामा २१ गतेदेखि २६ गतेसम्म खोप लगाउने कार्यतालिका निर्धारण गरिएको छ ।
पर्वतका दुई नगरपालिका र पा“च गाउ“पालिकाहरुका बालबालिकाहरुलाई खोप दिनका लागि ४ सय ७७ वटा खोपकेन्द्र संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
४ सय १८ विद्यालयहरु तथा गाउ“टोल घुम्ती खोपकेन्द्र बनाईएको छ । खोप दिनको लागि तालिमप्राप्त स्वास्थ्यकर्मीहरु स्वंयसेवकहरु परिचालन गरिने जिल्लाखोप समन्वय समिति तथा जिल्लास्थित संचारकर्मीहरुको अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्यकार्यालयका प्रमुख प्रविण शर्माले जनाएका छन् ।
लियोभाईलासिसपोलीयो संक्रामक रोग विरुद्धको खोप विश्वबाट २०२६ सम्म उम्मलन गर्ने लक्ष्य रहेको र २०७१ सालबाट नेपालमा यो खोप दिन थालिएको थियो