नवदृष्टि संवाददाता
पर्वत, १२, जेष्ठ
कानुन, न्याय तथा संसदिय मामिला मन्त्रि पदम गिरिले सरकारले निति तथा कार्यक्रम संसदबाटै ल्याउने बताएका छन् ।
सनिबार पर्वतमा आयोजित पत्रकार भेटघाटको क्रममा दलहरुको सहमति जुटाएरै यस आर्थिकवर्षको निति तथा कार्यक्रम संसदबाटै आउने बताएका हुन् ।
मन्त्री गिरिले सहमतिमा संसदमा देखिएको गतिरोधको रोक्न संसदबाटै जेष्ठ १५मा निति तथा कार्यक्रम ल्याउन सत्तापक्ष र प्रतिपक्षबिच छलफल भएको जनाएका छन् ।
संसद अवरोध गरेर जनताका मुद्धाहरु ओझेलमा पार्नु दुखद भएकोले गतिरोध अन्त्यहुनेमा विश्वस्त रहेको मन्त्रि गिरिको भनाई थियो ।