परमादेशबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे

91
views

नवदृष्टि संवाददाता
१६, जेष्ठ

पोखरा । सर्वोच्च अदालतको परमादेशबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुुन् ।
सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको फैसला पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो ।
सोमबार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।