मौसम राम्रो भएपछि फस्टाउदै मकैखेती

98
views

नवदृष्टि संवाददाता
पर्वत, १६ जेष्ठ

केहिसमय यता मौसममा देखिएको फेरवदलले पर्वतमा मकैखेती फस्टाउदै गएको छ । कमैखेती फस्टाएपछि किसानहरु खुसी देखिएका छन् । किसानहरुलेपनि गतवर्ष भन्दा यसवर्ष समयमा पानी परेको तथा रोगकिरा पनि नलाएको कारण मकैबाली फस्टाएको बताउछन् ।
मौसममा सुधार भएकाले मकैखेती फस्टाएको छ, गतवर्ष बढिखेती गरेपनि उत्पादनका हिसावमा गतवर्षकै हारहारीमा जानसक्ने देखिएको कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले बताए ।
अधिकारीले भने, असिनापानी, हुरीबतासले मकैका बोट विगार्न नपाएकाले यसवर्ष मकैखेती राम्रो अवस्थामा रहेको छ ।
जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार पर्वतमा गतवर्ष १६,९४० हेक्टर क्षेत्रफलमा मकैखेती भएकोमा यसवर्ष १३,९४१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएपनि मौमस राम्रो परेकाले उत्पादन बढ्ने अनुमान गरिएको छ ।