प्रचण्ड मोदी भेटवार्ता

101
views

नवदृष्टि संवाददाता
२८, जेष्ठ

काठमाडौ । आईतबार नया“दिल्ली पुगेका प्रचण्डले भारतिय समकक्षी नरेन्द्र मोदीस“ग भेटवार्ता गरेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीबिच आइतबार बेलुका भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिएका थिए । साथै उनको तेस्रो कार्यकालमा नेपाल र भारतबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका थिए ।
भेटमा उनीहरूबिच नेपाल–भारतबिच रहेको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा उनीहरूबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार विमर्श भएको थियो ।
प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी छन् । प्रधानमन्त्री प्रचण्ड सोमबारसा“झ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।