मोदिबेनी फिल्मको पोष्टर सार्वजनिक, दिदैछ हलचल

99
views

नवदृष्टि संवाददाता
पर्वत, २७ जेष्ठ । पर्वत जिल्लाको मोदिवेनी क्षेत्रको कथाव्यथालाई समेटेर बनाईको फिल्म मोदिवेनीको पोष्टर सार्वजनिक भएको छ । आगामी श्रावण १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा फिल्मका मुख्य कलाकार अमरप्रताप श्रेष्ठ र वर्षा सिवाकोटी फरक प्रस्तुतीमा देखिएका छन् । दुईमध्ये एकमा डेब्यु अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’ को रूपमा देखाइएको छ । गालामा चिथोरिएको दाग छ । हातमा टाका लगाइएको अवस्थामा छ । यो पोष्टरले दर्शकहरुमा हलचल मचाईदिएको छ ।

अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ । उनी पनि कुनै पहाडी इलाकामा उभिएकी छन् । उनको पछाडि उकालो बाटो छ । उनी थोरै बुट्टा भएको सेतो कपडामा छिन् । फिल्ममा वर्षा र अमरको जोडी देख्न सकिनछ ।

शङ्कर कोइराला निर्देशित फिल्म फिल्ममा अमर र वर्षासहित रेजिना उप्रेती, प्रविण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्म आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम माइकलको प्रोडक्शन डिजाइन रहेको फिल्म रिच इन्टरटेन्मेन्टले काठमाडौ उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

पर्वतका राम्जा,चित्रे, फलेवास कटुवाचौपारी लगायतका ठाउहरुमा यसको छायाङ्कन गरिएको थियो ।