प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप

178
views

काठमाडौं, २७, असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको हो । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेको छ ।

यसअघि नेपाली कांग्रेसले पनि दाहाललाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ ।