किटजन्य रोग फैलन नदिन पर्वतमा सर्तकता

90
views

नवदृष्टि संवाददाता
पर्वत, २३ असार

मनसुन सुरु भए संगै किटजन्य रोगको सङ्क्रमण फैलिन सक्ने सम्भावना बढेकोले पर्वतमा थप सतर्कता अपनाउन सचेतना अभियान संचालान गरिएको छ । असारको तेस्रो हप्ता सम्म ७१ जिल्लामा डेंगु तथा अन्य किटजन्य रोग फैलिनसक्ने भएकाले सतर्कताका लागि कार्यक्रमहरु गर्न थालिएको हो ।
मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु, औलो, मलेरिया जस्ता रोग फैलिनसक्ने सम्भावना बढि हुनेगरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
डेंगु एक भाइरल कीटजन्यरोग हो जुन लामखुट्ट्को टोकाइवाट सर्ने गर्छ । डेंगु संगै लामखुट्टेको टोकाइले औलो रोग पनि फैलिन सक्ने सम्भावना रहन्छ । एनिफेलिज जातको पोथी लामखुट्टेको टोकाइवाट औलो मलेरिया सर्नै गर्दछ ।
गर्मी र वर्षा संगै पानीजम्ने ओसलो ठाउहरुमा लामखुट्टे लगायत विभिन्न किराहरुको बासस्थान रहने गरेका छ । लामखुट्ट,े भुसुना, जुम्रा जस्ता किटहरुले टोकाइले विभिन्नरोगहरु फैलिन सक्ने भएकोले पर्वतमा किटजन्य रोग नियन्त्रणका लागि सनीवार अभिमुखीकरण कार्याक्रम सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्दै पर्वत अस्पतालका डाक्टर सनम ढकालले डेंगु, मलेरिया, कालाजार, जीका भाइरस, स्क्रव टाइफ मध्ये पर्वत जिल्ला डेंगुको जोखिममा बढी रहेकाले सतर्कता अपनाउ गनुपर्ने कामको बारेमा जानाकारी गराएका थिए ।
एडिज जातको लामखुट्टेको पोथीको टोकाईबाट डेंगु सङ्क्रमण फैलिने गरेको बताए । उहाले एउटा पोथी लामखुट्टेले आफ्नो जीवनकालमा एक हजारसम्म अण्डा पार्ने जानकारी दिदै डेंगु जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्ने भएकोले यसबाट बच्नको लागि सबै उमेर समूहका व्यक्तिहरू लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उहाको सुझाव छ ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले किटजन्य रोगहरुमध्ये अहिलेको अवस्थामा डेंगु सबैभन्दा जोखिमपूर्ण रहेकोले आफ्नो क्षेत्रमा पानी जम्ने ठाउको सरसफाइमा जुट्न आग्रह गरेका थिए ।
झ्याल ढोका हरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरि जाली र पर्दाझूलको प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझावरहेको छ ।
कार्यक्रममा मलेरिया, कालाजार, जीका भाइरस, स्क्रव टाइफस लगायतका सङ्क्रमणहरू फैलिनुको कारण र यसको निदानका विषयमा स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत ममता ढकालले सहजीकरण गरेका थिईन् ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पब्लिक हेल्थ नर्सिंग निरीक्षक सुमन शर्माले गरेकी थिईन् । कार्यक्रममा पत्रकारहरू सहित कुश्माका विभिन्न वडाका स्वास्थ्य स्वयंसेवीककाहरु सहभागिता रहेको थियो ।