पहिरोले छ घर पुर्यो, ९ परिवार विस्थापित

56
views

नवदृष्टि संवाददाता
पर्वत, २७, असार । अविरल वर्षाका कारण पर्वतको मोदी गाउँपालिका २ देउपुर जरुवामा छ वटा घर पहिरोले पुरेको छ । जरुवाका अन्य ९ परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुधवार दिउसोदेखि नै पहिरो खसेको थियो । कुश्मा नगरपालिका– ११ पकुवाको छापामा पनि एउटा घर पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोले मध्यपहाडि राजमार्गका चुवा, मालढुङ्गा नजिकै फनफनेमा पहिरो खस्दा लगायतका ठाउँका मालढुङ्गा बाग्लुङ – बेनी सडक अवरुद्ध पारेको थियो । सडक अवरुद्ध हुँदा विरामी तथा यात्रुहरुले सास्ती व्यहोर्न बाध्य भएका थिए ।