प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

86
views

काठमाडौं, २८, असार । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । रास्वपाको शुक्रबार विहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निणर्य गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

निणर्य भएसँगै रास्वपाले प्रचण्डलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेको छ । संसदीय दलको बैठकमा आफ्ना मन्त्रीहरुले गरेका कार्यको समीक्षा पनि भएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ ।