लेखकको कटाक्षः संसदमा बलियो प्रतिपक्षि दलको नेता देख्यौं

54
views

काठमाडौ, २८, असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्ष दलको नेता बन्न उपयुक्त पात्र भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूमाथि विश्वासको मत माग्न प्रतिनिधिसभामा प्रश्ताव गरेपछि नेता लखेकले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड जबरजस्त प्रतिपक्ष दलको नेता बन्न सक्ने भएकाले आफूलाई लामो समय प्रधानमन्त्री बनाएर आफूहरुले विगतमा गल्ती गरेको प्रमुख सचेतक लेखकको कटाक्ष थियो ।

सम्माननीय प्रधानमन्त्रीज्यूले शुरुमै भन्नुभयो-दुई वटा ठूला दल मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला भनेर चिन्ता गर्नुभयो । यो चिन्ता मैले प्रधानमन्त्रीज्यूबाटमात्रै होइन, मैले पत्रपत्रिकामार्फत विज्ञहरु, विशेषज्ञहरु, राजनीतिक ज्ञाताहरूको पनि मैले यो कुरा सुनेको छु । यस्तो जब्बरजस्त प्रतिपक्षको दलको नेता हुनसक्ने व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ती प्रतिपक्षलाई कमजोर बनायौँ कि । अब प्रतिपक्ष बलियो हुन्छ भन्ने विश्वास छ ।

उनले प्रधानमन्त्री दाहालमा पद गुम्न लाग्दाको पीडा र आक्रोश भएकाले आफूहरूले उनीमाथि कुनै वाद, प्रतिवाद नगर्ने पनि बताए ।