तीन दिनको मौसमी अवस्था, सर्तकता अपनाउन आग्रह

45
views

नवदृष्टि संवाददाता
पर्वत, २९, असार जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वाअनुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज २९ गते देखि ३१ गते सम्मको मौसमको अवस्था सार्वजनिक गरेको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभरका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती , गण्डकी र लुम्बनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२९ र३१ गते राती पुर्णतया बदली रहने छ भने, ३० राती साधारणतय बदली रहने छ । कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन पुर्वाअनुमान महाशाखाले अनुरोध गरेको छ ।