कुश्मामा राजयोग मेडिटेशन प्रशिक्षण सुरु

36
views

नवदृष्टि संवाददाता
पर्वत, ९ साउन
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय कुश्मा पर्वतको आयोजना र कुश्मा नगरपालिकाको सह–आयोजनामा पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा २०८१ श्रावण ९ गते देखि १३ गते सम्म पा“चदिने राजयोग मेडिटेशन प्रशिक्षण सुरु भएको छ । राजयोग मेडिटेसन प्रशिक्षणको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले गरेका छन् ।

आन्तरिक शान्ति र खुसीयाली प्राप्ती गर्न, पारिवारिक एवं व्यवसायिक जीवनमा आउने अनेकौ समस्या र चुनौतिलाई सहजरुपमा समाधानगर्ने र सुख शान्ति र आनन्दको अनुभवयुक्त जीवन जिउने कलाको विधिलाई वैज्ञानिक एव. आध्यात्मिक विश्लेषणसहित प्रष्ट गरिन राजयोग मेडिटेसन प्रशिक्षण सुरु गरिएको हो ।
कुश्माबजारको युनिभर्सल पार्टी प्यालेस, कुश्मामा हुने मेडिटेसन दिवाकालिन समय १२ः३० बजे देखि २ः३० बजे सम्म रहेको छ त्यस्तै सध्याकालिन सत्र ४ः३० देखि ६ः३० सम्म रहेको आयोजकले जनाएको छ । सबैले निशुल्क प्रवेश पाउने सो राजयोग मेडिटेसन मेडिटेसनको मूख्य प्रशिक्षकमा ब्रह्मकुमार राजु घले रहनु रहेका छन् ।
विहान ओम् शान्ति भवन कुश्माको प्राङ्गणबाट सुरु भएको शोभायात्राले सहित कुश्माबजार परिक्रमा गरेको थियो । प्रशिक्षण कार्यक्रममा स्वःअनुभूति तथा सकरात्मक सोचको विकास, शान्ति एवं खुसीको अनुभूतिगर्ने विधि, आपसीसम्वन्धमा मधुरता, क्रोध एवं तनावमूक्त जीवन, जीवनमा आईपर्ने घटनाहरुको रहस्य एवं परमात्मा शक्ति एवं वरदान प्राप्तगर्ने विधिहरुको बारेमा प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।