सौर्य एयरलाइन्स दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

28
views

काठमाडौं, ९, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

दुर्घटनालगत्तै दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा सबैलाई धैर्य गर्न अनुरोध समेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ ।

नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’