मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

15
views

काठमाण्डौ, ११, साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिकाबारे केही अध्ययन गर्न बाँकी रहेको भन्दै अघिल्लो हप्ता शुक्रवार सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकको व्यवस्थापन समूहले यसअघि नै टुङ्ग्याइसकेको छ । आज सञ्चालक समितिको बैठक बसेपछि मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।

अर्थतन्त्र शिथिल बनिरहेको र बैंक तथा वित्तीय संस्थाबाट पुँजी प्रवाह नभइरहेको अवस्थामा मौद्रिक नीतिले कस्तो कार्यदिशा लिन्छ भन्ने आमचासो बनेको छ ।

विशेष गरेर घरजग्गा कारोबार, शेयर कारोबार र बैंकको कर्जा तिर्नको लागि लचिलो मौद्रिक नीति आउनेगरी मस्यौदा तयार भएको छ ।