जाजरकोटमा घर भत्किँदा ८ जना घाइते, ३ गम्भीर

16
views

जाजरकोट, ११, साउन । जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै परिवारका आठजना घाइते भएका छन् । घर भत्किदा ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि जाजरकोट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

शुक्रबार बिहान ढुङ्गामाटोले बनेको एकतले घर एक्कासी भत्किँदा १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया संगिता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।

घाइतेमध्ये पदम, सरिता र दिनेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।