आज राति नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा चार घण्टा प्रभावित

16
views

नवदृष्टि संवाददाता
पर्वत, १७ असार
काठमाडौ । आज राति नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा चार घण्टा प्रभावित हुने भएको छ ।

नेपाल टेलिकमका अनुसार बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा बन्द हुने भएको हो ।
नेपाल टेलिकमको सुचना अनुसार कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा ती सेवा अवरुद्ध गर्नुपर्ने भएको जनाएको छ ।
उक्त समयमा मोबाइल भ्वाइस, डाटा एसएमएस, तथा पीएसटीएन, एफटीटीएच, आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जनाएको छ ।