अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी

19
views

–सचिन्द्र श्रेष्ठ(युएई)
३१, भदौ
बिभिन्न मुलुकमा छरीएका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान, यसको महत्व, प्रभावकारीता,जनचेतना ,नियमित रक्तदाताहरुको संख्या बढाउन, नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई विभिन्न सहयोगि निकाय तथा संघसँस्थाहरुको सहयोगमा प्रभाबकारी बनाउन र नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले छैटौं महाधिवेशन शनिबार काठमाडौंमा सम्पन्न गरेको छ । उक्त महाधिवेशनले राहुल रेग्मीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ ।

महाधिबेशनले निबर्तमान अध्यक्षमा अजय सत्याल (अमेरिका), उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (युएई), मिडिया संयोजकमा रामराज ओली (न्यूजिल्याण्ड) चयन भएका छन् ।
केन्द्रिय सदस्यहरु केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (युके), सुरेश गौतम (क्यानडा), रामजी खत्री (कतार), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), राजन काफ्ले (आयरल्याण्ड), दिपक श्रेष्ठ (ओमान), नवराज बस्नेत (नेपाल), कमान सिंह खत्री (सेशेल्स), नबिन गौतम (अस्ट्रेलिया), वीरेन्द्र श्रेष्ठ (स्पेन), सोमेस अर्याल (नाइजेरिया), बर्षा क्षेत्री (युगान्डा), नागेन्द्र जोशी (भारत), चन्दन भण्डारी(पोर्चुगल), भीमसेन थापा (दक्षिण कोरिया), जगन अधिकारी (यूएई), विकास सुवेदी (घाना), ज्योत्स्ना उपाध्याय (अमेरिका) र शेरब नामग्याल लामा गुरुङ (डेनमार्क) रहेको २९ सदस्यीय नया कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
प्रमुख अतिथी महर्जनले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान महादान भएको भन्दै नेपालमा अझै यसको जनचेतना जगाउन जरुरी भएको जिकीर गरे । रक्तदानको जनमानसमा स्वतस्फूर्त रुपमा भावना आउनुपर्ने भन्दै उनले स्टार अस्पातलले आफ्नै ब्लड बैंक संचालन गरी दिनहु बिरामीलाई रगत उपलब्ध गराउदै आईरहेको र अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ स“ग आफुले र स्टार अस्पतालले सधै सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रेग्मीले रक्तदान सम्बन्धी जनचेतना जगाई यसमा सरिक हुन प्रेरित गर्ने अन्तर्राष्ट्रिय संस्था रहेको र यसले अहिलेसम्म २१ देशमा आफ्नो भगिनी संस्थाहरु विस्तार गर्न सफल भएको र ३२ बढी देशमा यस्ता गतिविधिहरु भइरहेको समेत जानकारी दिए ।
उनले भने– ’जहा जहा जुन जुन देशमा नेपालीहरु पुगेका छन् त्यहा रक्तदान सम्बन्धी जनचेतना जगाई सोही स्थानमा रक्तदानमा सरिक गराउने काममा संघले काम गरिरहेको छ ।’
बिनोद भट्टराईको स्वागत मन्तब्य सगै महासचिव राहुल रेग्मीले संस्थाको आर्थिक एबं संगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका उपाध्यक्ष, बिज्ञ तथा केन्द्रिय रक्तसंचार सेवा का पूर्व निर्दशक डा. मनिता राजकर्णिकारले नेपालमा रक्तदान क्षेत्रको योगदान, महत्व, बर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरुका बारेमा प्रस्तुति दिनु भएको थियो ।
स्टार अस्पतालका अध्यक्ष किशोर कुमार महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व अर्थ सचिब सुमन शर्मा, पूर्व सचिब धरा सापकोटा, केन्द्रिय रक्तसंचार सेवाका निर्देशक पवन कुमार गुप्ता, ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्य लगायतको बाक्लो उपस्थिति रहेको थियो ।