पर्वतमा क्षत्रीहरुले मनाए, क्षत्री दिवस

82
views

नवदृष्टि संवाददाता
१८, असोज
पर्वत । संम्पुर्ण क्षत्रीहरुले मनाउने क्षत्री दिवस शुक्रबार पर्वतमा मनाईएको छ । घटस्थापनामा मनाईने क्षत्री दिवस राष्ट्रिय विपद् कारण आज कुश्मा बजारमा भव्यताकासाथ मनाईएको हो । कुश्मानगरपालिकाका विभिन्न वडाहरुबाट तथा अन्य ठाउहरुबाट आएका क्षत्रीहरुले जिल्ला सदरमुकाम कुश्माबजार क्षत्रीका पहिचानको रुपमा रहेका खुडा कुकुरीहरु प्रर्दशन सहित र्यालीले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि क्षत्री समाजको भवनमा आएर सभामा परिणत भएको थियो ।

क्षत्री समाज जिल्ला कार्यसमिति पर्वतको आयोजना गरेको सो सभाका प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशका अध्यक्ष ईन्द्रमान खत्रीले राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि क्षत्रीहरु एकठाउमा आउनुपर्ने बताए ।

राज्यको कानुन बमोजिम क्षत्रीहरुपनि एकठाउमा आउन बाध्यहुनु परेको जनाए । उनले अझैपनि क्षत्रीहरुमा देखीएका अन्यौलता हटाउन अध्ययन र ज्ञान हासिल गर्न अझै बाकिरहेको बताए । आफ्ना पहिचान का लागि क्षत्रीहरु संगठित हुनपर्ने धारणा राखेका थिए । कार्यक्रमा केन्द्रिय सदस्य सेती महत, अधिवक्ता चन्द्रबहादुर क्षेत्री लगायतले बोलेका थिए । क्षत्री समाज जिल्ला कार्यसमिति पर्वतका अध्यक्ष सरस्वती भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत गणेश बहादुर क्षेत्री र संचालन कमल बहादुर जिसीले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय गायक, कलाकार तथा क्षत्री कलाकार गण्डकी प्रदेश संयोजक कृष्ण बहादुर अखेली र सह संयोजक सुदिप क्षत्रीले आ–आफ्ना प्रस्तुतीमा नचाएका थिए । गायक द्धयको प्रस्तुतीले सहभागीहरु छमछमी नाचेका थिए । सो अवसरमा जग्गादाता कुश्माको क्षत्री भवनको लागि जग्गादानगर्ने जग्गादाता र पर्वत जिल्लामा रहेर राज्यका विशिष्ट श्रेणीमाकाम गर्नेहरु लाई सम्मान गरिएको थियो ।