भृकुटीमण्डपमा राष्ट्रिय मह मेला २०८२

1
views

२३, जेष्ठ, काठमाडौ ः आत्मनिर्भर मौरी व्यवसाय, सक्षम, समृद्ध महासंघ, नेपाली मौरीजन्य उपजको संसारभर पहिचान’ नारासहित बिहीबार काठमाडौँको भृकुटीमण्डपमा राष्ट्रिय मह मेला २०८२ सुरु भएको छ ।

देशभरका मौरीपालक किसानहरूलाई एकै ठाउ ल्याउने उद्देश्यका साथ तीनदिने मेला सुरु भएको आयोजकले जनाएको छ । मेलामा जिल्लाबाट ल्याइएका मह प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।