नवदृष्टि संवाददाता
९, जेष्ठ
पर्वत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भ्रष्टचारको अन्त्य नभएसम्म विकास र समृद्धि असम्भव भएको बताएका छन् । पुष्पलाल मध्य पहाडी लोक मार्ग क्षेत्रका जनतासग प्रत्यक्ष भेटघाटको अभियानमा माओवादीका केन्द्रीय पदाधिकारीहरू सहितका नेताहरूको उपस्थितिमा शुक्रवार कुश्मामा आयोजित ‘जनसंवाद’ कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
माओवादीले सरकारलाई खबरदारी गरेर सुशासनयुक्त मुलुक निर्माणको अभियानमा लागेको बताउदै अभियानले जनतालाई जागरूक बनाउने, कुरा बुझाउने र देशमा रहेका बेथितिको अन्त्य गर्ने काम गरिरहेको जनाए । प्रचण्डले दैनिक ५० औ लाख रुपैया भ्रष्टाचार भइरहेकोप्रति चासो व्यक्तगर्दै आफूले शुक्रवार मात्रै उक्त भ्रष्टाचारको बारेमा सुनेको भन्दै अहिलेको अवस्था रहेमा माओवादी, समाजवादी जस्तै इमानदार दलहरूले गम्भीर निर्णय लिनुपर्ने अवस्था आउने चेतावनी दिए ।
मध्य पहाडी लोक मार्गमा प्रवेश गरेपछि फेरि नयाँ रौनकताको अनुभव गर्न पाएको भन्दै अध्यक्ष प्रचण्डले यसले राष्ट्रिय एकतालाई अझै बलियो पार्नुका साथै आर्थिक क्रियाकलापलाई गतिशील बनाउने उल्लेख गरे ।
‘जनसंवाद’ कार्यक्रम पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रम नभएर विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारीहरू, व्यवसायी, सुरक्षाकर्मी, आम नागरिक लगायतसँग भेटेर समसामयिक विषयमा कुरा हुने माओवादीले बताएको छ।