गोपाल जिसी
पर्वत, २, साउन । पर्वतको मोदी गाउँपालिकाले करार सेवाका कर्मचारी हटाएको छ । गाउँपालिकाले सोमवार सूचना जारी गर्दै स्थापनाकालदेखि जागिर खाँदै आएका ३० जना करार सेवाका कर्मचारी हटाएको हो ।
गाउँपालिकाले अत्याआवश्यक पदहरुमा मात्र करारमा कर्मचारी नियुक्ती गरिने निर्णय भएको हुँदा मिति २०८२ साउन १ गते देखि करार सेवामा कार्यरत कर्मचारीलाई हाजिर नगर्न नगराउन सूचना प्रकाशित गरेको हो ।
गाउँपालिकाले एम्बुलेन्स, खोप र कोल्डचेन बाहेकका करारमा कार्यरत कर्मचारीलाई हाजिर नगराउन निर्देशन दिएको मोदी गायँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए ।
गाउँपालिकाले सेवा करारमा लिएका कर्मचारीहरु नियमानुसार नियुक्त नभएको भन्दै गाउँपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि करार सम्झौता रद्द गरेको हो ।